अन्तर्राष्ट्रिय

युट्युबर तथा बिग बोस ओटीटी विजेता एल्विश यादव पक्राउ

Banner

नयाँ दिल्ली,चैत ५-

युट्युबर तथा बिग बोस ओटीटी विजेता एल्विश यादवलाई नोएडा प्रहरीले पक्राउ गरेको छ । समाचार एजेन्सी एएनआई र पीटीआईमार्फत यो जानकारी आएको हो। एएनआईका अनुसार नोएडा पुलिसले उनलाई ग्रेटर नोएडाको सुरजपुर अदालतमा पेश गरेको छ। नोभेम्बर ८, २०२३ मा, नोएडा पुलिसले रेभ पार्टीमा सर्पको विष प्रयोग गरेको मामिलामा एफआईआर दर्ता गरेको थियो। एल्विश यादव पनि यस मुद्दामा अभियुक्त हुन् ।

एल्विशमाथि सर्पको विष प्रयोग गरेको आरोप छ। तर, उनले मिडियामा पटकपटक यी आरोपहरूलाई अस्वीकार गर्दै आएका छन् । यादव एक चर्चित युट्युबर हुन्। उनी सामाजिक सञ्जालमा निकै चर्चित छन् । युट्युबमा उनका १.५ करोड सब्सक्राइबर छन् भने इन्स्टाग्राममा १ करोडभन्दा बढीले फलो गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>