चितवन विशेष
नारायणी पुलबाट हाम फालेकी महिलाको अचेत अवस्थामा उद्धार
०

चितवन,चैत ५-
चितवनको भरतपुर महानगरपालिका ३ पुलचोकस्थित नारायणी पुलबाट नदीमा हामफालेकी महिलाको आइतबार सशस्त्र प्रहरीले अचेत अवस्थामा उद्धार गरेको छ । हामफालेको केही बेरमै उनलाई नं.१७ गण चितवनको आईआरटी टोलीले सिभिल बोटको सहयोगमा उद्धार गरी उपचारको लागि भरतपुर अस्पतालतर्फ पठाएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसैबिच सुनसरीको ईटहरी उपमहानगरपालिका ८ ढोकापुलस्थित सप्तकोशीको चतरा खनार नहरमा बेपत्ता भएका किशोरको शव सशस्त्र प्रहरीले फेला पारेको छ । सोही स्थानमा डेरा गरी बस्ने १८ वर्षीय अम्बिराज राई नुहाउने क्रममा उक्त नहरमा डुबेर बेपत्ता भएका थिए । नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस दुहवीबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनको शव फेला पारेको जनाइएको छ ।
फाइल तस्विर
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























