खैरहनी

रुसी सेनामा भर्ना भएका चितवनका सुजन सुवेदीसहित पाँच युद्धबन्दी युक्रेनद्वारा सार्वजनिक

Banner

चितवन, चैत ४-

युक्रेनले रुसी सेनामा भर्ती भएका चितवनका सुजन सुवेदीसहित ८ युद्धबन्दी सार्वजनिक गरेको छ ।

समाचार संस्था रोयटर्सका अनुसार थुनामा रहेका युद्धबन्दीमध्ये शुक्रबार ५ नेपाली, क्युबा, सोमालिया र सियरा लियोनका एक\एक गरी ८ जनालाई सार्वजनिक गरेको हो । फोटोमा नखुलाइएको तर त्यही समूहमा रहेको भनिएका चितवनका सुवेदी खैरहनी नगरपालिकाका हुन् ।

सुवेदीसँगै राजापुर नगरपालिका–१ बर्दियाका विवेक खत्री, मण्डनदेउपुर नगरपालिका–६ काभ्रेका सिद्धार्थ ढकाल, लेटाङ–२ मोरङका विकास राई, दाङका प्रतिक पुन र गोरखाका ईश्वर लामिछाने युक्रेनले बन्दी बनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सार्वजनिक गरिएका बन्दीहरु सबैको व्यक्तिगत पहिचान नखोलिएको भए पनि तीनै युवाहरु रहेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले ती युवाहरुलाई दोस्रोपटक बयान लिनेक्रममा देखाइएको जनाएका छन् । फोटोमा भने नेपाली जस्ता अनुहारका पाँच युवाहरुमात्र देखिएका छन् ।

उनीहरूलाई सार्वजनिक गर्दै युक्रेनी सेनाले रूसी सेनामा भर्ती हुनबाट आफ्ना नागरिकहरूलाई रोक्न आग्रह गरेको छ । पत्रकार सम्मेलनमा युद्धबन्दीहरूलाई बर्दीमा उपस्थित गराइएको थियो । त्यहाँ दुई पङ्क्तिमा उनीहरुलाई राखिएको रोयटर्सले उल्लेख गरेको छ ।

फोटो साभार: बीबीसी अनलाइन

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>