मकवानपुर

हेटौंडामा एक्सपर्ट कन्क्लेभः विद्यार्थीको उल्लेख्य सहभागिता, डिआरएसले तान्यो ध्यान

Banner

हेटौंडा, चैत ४–

उच्च शिक्षा अध्ययनका विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी हेटौंडामा एक्सपर्ट एजुकेशन कन्क्लेभ गरिएको छ ।

हेटौंडास्थित पारीजातपथमा रहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको कार्यालयमा आयोजित एक्सपर्ट एजुकेशन कन्क्लेभमा विद्यार्थीको उल्लेख्य सहभागिता देखिएको छ । विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म चलेको कार्यक्रममा विद्यार्थी तथा अभिभावकको भीड लागेको थियो । कन्क्लेभमा अष्ट्रेलिया, युके, न्यूजील्याण्ड, आयरल्याण्ड, क्यानडा र युएसएका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुबाट विद्यार्थीहरुले प्रत्यक्ष रुपमा परामर्श लिएको शाखा प्रबन्धक अच्युत चालिसेले जानकारी दिए ।

सोही कार्यक्रममा पब्जी खेलका लागि युवापुस्ता माझ निकै नै लोकप्रिय गेमिङ टिम डिआरएसका खेलाडीहरुको समेत उपस्थिति रहेको थियो । सो क्रममा कन्क्लेभमा सहभागि विद्यार्थीहरुले डिआरएसका खेलाडीहरुसंग अन्तरक्रिया तथा फोटोसेसन गरेका थिए । डिआरएसका अप्रेशन प्रमुख संगीन भट्टराईले हेटौंडाका शुभेच्छुकहरुसंग प्रत्यक्ष भेटघाट गर्न पाउनु खुशीको कुरा भएको बताए । ‘यो अवसरका लागि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजलाई धेरै धेरै धन्यवाद, शुभेच्छुकहरुसंग अन्तरक्रिया गर्न पाउनु खुशीको कुरा हो ।’

डिआरएससंग भेट्न र फोटोसेसनमा सहभागि हुन पाउँदा विद्यार्थी तथा शुभेच्छुकहरु खुशी भएका थिए । डिआरएसका खेलाडीबाट उनीहरुकै जर्सी उपहार पाएका हेटौंडा बसामाडीका इन्द्र गौतम भन्छन्–‘आज डिआरएसका खेलाडीहरुसंग प्रत्यक्ष भेट्न पाउँदा नसोचेको सपना पुरा भएको महसुस भएको छ, म ज्यादै खुशी छु, यो अवसरका लागि एक्सपर्ट एजुकेशनलाई धेरै धेरै धन्यवाद ।’ कन्क्लेभमा सहभागि २० जनाले लक्की ड्र मार्फत खेलाडीहरुको हस्ताक्षरसहितको डिआरएसको जर्सी उपहार पाएका थिए ।

डिआरएसका खेलाडीहरु आजै चितवनको रत्ननगरस्थित एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको कार्यालयमा समेत पुगेर शुभेच्छुकहरुसंग भेटघाट गरेका थिए । सो क्रममा उनीहरुले फोटोसेसनका साथै आफ्नो जिज्ञाशा राखेका थिए । डिआरएसको टिम भोलि (सोमबार) भरतपुरस्थित बेस क्याम्पमा हुने एक्सपर्ट एजुकेशन कन्क्लेभमा सहभागि हुँदैछ । शुभेच्छुकहरुले भरतपुरमा डिआरएसंग भेटघाट तथा फोटोसेसनमा सहभागि हुन सक्ने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>