समाचार
पोखरा पर्यटकीय राजधानी घोषणा भएसँगै विश्व बजारमा यसको ब्रान्डिङ हुनेछः प्रचण्ड
०

पोखरा, चैत ४-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा पर्यटकीय राजधानी घोषणा भएसँगै विश्व बजारमा यसको ब्रान्डिङ हुने बताएका छन् ।
आइतबार पर्यटकीय राजधानी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दैै प्रधानमन्त्री दाहालले पोखरा पर्यटकीय राजधानी घोषणा भएसँगै विश्व बजारमा यसको ब्रान्डिङ हुने बताएका हुन् ।
प्रधानमन्त्री दाहालले पोखरा मात्र नभएर सिंगो गण्डकी प्रदेश र मुलुककै पर्यटन प्रवर्द्धनमा यो अभियानले महत्त्वपूर्ण योगदान गर्ने बताए । पोखरा नेपालका मुख्य शहरमध्ये बहुआयमिक विशेषता र विशेष सम्भावनायुक्त भएको उनको भनाइ छ । उनले भने ‘सुन्दर हिमश्रृङ्खला, तालतलैया, मन्दिर, गुम्बा, मस्जिद, छाँगा, गल्छीहरूले पोखराको सुन्दरता थपेका मात्रै छैनन्, आर्थिक विकास, आत्मनिर्भर अर्थतन्त्र, सांस्कृतिक वैभवलगायतमा महत्त्वपूर्ण योगदान पुर्याएका छन् ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























