Breaking News

एमालेलाई हाम्रो सास पनि बास्ना आउन थालेको छ: माधव नेपाल

Banner

काठमाडौँ, चैत ३-

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेलाई आफ्नो पार्टीको सास बास्ना आउन थालेको व्यङ्ग्य गरेका छन् ।

काभ्रेको जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै एमालेसँग रहेको हिजोको राजनीतिक कटुतालाई भूलेर अघि बढ्ने बताएका हुन् ।

नेपालले भने, ‘अहिले फेरि हिजो एमाले एकीकृत समाजवादी भएको ठाउँमा बस्नै नसक्ने, सासै गनाउने स्थिति थियो । अहिले बास्ना आउन थालेको छ । त्यस्तो हुन्छ । कटुता भएको बेलामा मन पर्दैन । अविश्वास बढेको बेलामा शंका हुन्छ । तर, तपाईंहरुले सुन्नुभएकै छ राजनीतिमा कहिलेपनि स्थायी शत्रु हुँदैन । मित्र पनि हुँदैन । यो कुरालाई ध्यान गर्नुपर्छ ।’

उनले अहिले एकीकृत समाजवादी एमालेमा मिल्ने भनेर भएको हल्ला सत्यता नभएको जीकिर गरे ।
उनले थपे, ‘हाम्रो पार्टी कुनै पार्टीसँग मिल्न गइरहेको छैन । हाम्रो पार्टीको आफ्नै विचार र धारणा छन् । नेपालको राजनीतिमा हाम्रो छुट्टै पहिचान, अस्तित्व र भूमिका छन् त्यसलाई अरुले बुझ्दैछन् । अब हामी सबै वामपन्थी लोकतान्त्रिक शक्तिहरुलाई समेटेर अघि बढ्न चाहन्छौं । यो साझा उद्देश्यका लागि एउटै गठबन्धनमा बसेर होस् वा अलगअलग मोर्चामा बसेको अवस्था होस् उद्देश्यलाई बिर्सन हुँदैन ।’

उनले देश फेरि निर्वाचनमा नजाओस् भन्ने चाहेर नयाँ समीकरणमा सहभागी भएको बताए । प्रचण्डसँग ४० र ओलीसँग ५० वर्षको सम्बन्ध रहेको बताउँदै पुराना कुरा बिर्सेर नयाँ ठाउँमा जाने तयार भएको बताए ।

उनले एमालेको जनमत निरन्तर खस्कँदै गएको भन्दै दुई तिहाइ बहुमत पाएर सरकार गठन गरेको बेलामा राम्रो काम ग¥यौं कि गरेनौं भनेर समीक्षा गर्नुपर्ने विचार राखे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>