अन्तर्राष्ट्रिय

टर्कीमा डुङ्गा डुब्दा २१ जनाको मृत्यु

Banner

टर्की, चैत ३-

टर्कीको एजियन तटमा शुक्रवार डुङ्गा डुब्दा कम्तीमा २१ गैरकानूनी आप्रवासीको मृत्यु भएको छ । उक्त घटना उत्तर पश्चिमी प्रान्त क्यानाक्कलेको इसेबात जिल्लाको तटमा भएको थियो ।

कानाक्कलेका गभर्नर इल्हामी अक्तासलाई उद्धृत गर्दै टीआरटीले घटनास्थलमा दुई हेलिकप्टर र दस कोस्ट गार्डको उद्धार डुङ्गाको सहयोगमा खोजी र उद्धार कार्य जारी रहेको बताएको छ ।

डुङ्गामा सवार व्यक्तिहरूको सही सङ्ख्या, उनीहरूको उद्देश्य गन्तव्य र घटनाका कारण बेपत्ताहरूको सङ्ख्या अस्पष्ट रहेको बताइएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>