धार्मिक/सांस्कृतिक
राष्ट्र शान्तिका लागि विशेष पूजा
०

काठमाडौँ, चैत ३-
योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले राष्ट्र शान्तिका लागि मैतीदेवी मन्दिरमा आज वेदपाठ, चण्डीपाठ र होमादि आयोजना गरेको छ ।
देशमा अशान्ति, झैझगडा, काटमार, सम्बन्ध विच्छेद, बलात्कार, आत्महत्या, हत्याहिंसा, बढ्दो सडक दुर्घटनालगायत खराब प्रवृत्ति निराकरणका लागि एक दिवसीय विशेष पूजा गरिएको हो ।
परिषद्का अध्यक्ष शङ्कर पौडेलले चार ब्राह्मणद्वारा वेदपाठ, नौ ब्राह्मणद्वारा चण्डीपाठ, ११ ब्राम्हणद्वारा रूद्रीपाठ, चार ब्राम्हणद्वारा अनुष्ठान गरिएको जानकारी दिनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























