राजनीति
सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्रीलाई बुझाइँदै
०

काठमाडौं, चैत ३-
सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाउन लागिएको छ ।
कार्यदलले तयार गरेको कार्यक्रम साढे ९ बजे प्रचण्डलाई बुझाउन लागिएको हो ।
कार्यदलमा नेकपा (एमाले)बाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति वाग्ले र महासचिव डा मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ तथा नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल सदस्य छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























