देश/प्रदेश
सुन तस्कर जोगाउन सीआईबीका प्रमुख एआईजी बज्राचार्य नै संलग्न

काठमाडौं, चैत २-
छानबिन आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यलाई कारवाही सिफारिस गरेको छ । सुन तस्करीसम्बन्धी अनुसन्धानमा कतिपय व्यक्ति जोगाउन पदको दुरुपयोग गरेको ठहर गर्दै प्रमुख एआईजी बज्राचार्यलाई कारवाही सिफारिस गरेको हो ।
गृहमन्त्री रवि लामिछानेले प्रतिवेदन अध्ययन गरेपछि प्रधानमन्त्रीलाई जानकारी दिएर उनीमाथि विभागीय कारवाही अघि बढाउन लागेका छन् ।
सुन तस्करीमा संलग्न जीवन चलाउने भन्ने व्यक्तिको बयान नै च्यातेर उनलाई फरार बनाउन भूमिका खेलेको आरोप एआईजी बज्राचार्यमाथि लागेको छ । उनीसँगै सिआईबीका केही प्रहरी अधिकारीलाई पनि कारवाही सिफारिस भएको गृहमन्त्रीनिकट स्रोतले जनाएको छ ।
सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले गरेको अनुसन्धानका क्रममा ६० किलो सुन तस्करीको अनुसन्धानमा सीआईबीले गम्भीर लापरवाही गरेको उल्लेख गरेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताए ।
जो माथि अनुसन्धान गर्नु पर्ने हो उनीहरूलाई अनुसन्धाननै नगरी भएका प्रमाणसमेत नष्ट गर्न सीआइबीले भूमिका खेलेको देखिएको छ । स्रोतः नेपाल प्रेस



























