देश/प्रदेश
सुन प्रकरणः भन्सार कर्मचारी र सरकारी वकिललाई पनि कारबाही सिफारिस
०

काठमाडौँ, चैत २-
सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले सरकारी वकिल र भन्सारका कर्मचारीलाई पनि कारबाही गर्न सिफारिस गरेको छ । सुन तस्करी प्रकरणमा सीआईबीले गरेको त्रुटिमा अभियोगकर्ताको पनि जिम्मेवारी हुने भएको भन्दै आयोगले दुई जनालाई कारबाहीलाई सिफारिस गरेको हो ।
आयोगले जिल्ला सरकारी वकिलको कार्यालयका उपन्यायाधीवक्ता जनकराज घिमिरे र वासुदेव शर्मालाई कारबाही गर्न सिफारिस गरेको छ । आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख अरुण पोखरेल र भन्सार अधिकृत मुक्ति श्रेष्ठलाई पनि कारबाही गर्न सिफारिस गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























