देश/प्रदेश

कुवेतमा ज्यान गुमाएका तीन नेपालीको शव नेपाल ल्याउने तयारी

Banner

काठमाण्डौ, चैत २–

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कुवेतमा सडक दुर्घटनामा ज्यान गुमाएका तीन नेपाली श्रमिकको शव यथाशिघ्र नेपाल फर्काउने तयारी भइरहेको जानकारी दिनुभएको छ । मृतक श्रमिकको शव नेपाल फर्काउनका लागि कुवेतमा रहेको नेपाली दूतावास तथा वैदेशिक रोजगार बोर्डलाई आवश्यक पहल गर्न निर्देशन दिएको उहाँले बताउनुभयो ।

उहाँले कुबेतमा रहेको नेपाली दूतावासमा सम्पर्क गरी मृतक श्रमिक र परिवारको विषयमा जानकारी लिनुभएको थियो । गत मङ्गलवार बिहान कुबेतको महाबुल्ला क्षेत्रको सी साइड सडकमा भएको दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जना नेपाली श्रमिकको ज्यान गएको हो । ज्यान गुमाउनेमा काठमाण्डौ सानो भर्‍याङका सुजन कार्की, अछामका सुरतबहादुर कडायत र धनुषाका धीरज गुर्मछान मगर रहेका छन् ।

मन्त्री अर्यालले कुबेतमा रहेको दूतावासले मृतक श्रमिकका परिवारले पाउने क्षतिपूर्तिको लागि घटनाको प्रकृतिको सम्बन्धमा थप बुझ्न स्थानीय कानुन व्यवसायी परिचालन गरिएको पनि जानकारी दिनुभएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area