खेलकुद
त्रिकोणात्मक टी-२० क्रिकेट खेलेर हङकङबाट फर्कियो नेपाली टोली
०

काठमाडौं, चैत २-
नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।
हङकङमा भएको त्रिकोणात्मक टी–२० क्रिकेट खेलेर टोली आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो।
हङकङ, पपुवा न्युगिनी (पीएनजी) र नेपाल सम्मिलित त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपाल फाइनलमा पराजित भएको थियो।
टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशन सिंह र क्रिकेट म्यानेजर विनोद दास लगायतले स्वागत गरेका थिए। आइसीसी टी–२० विश्वकप खेल्ने तयारीमा रहेको नेपाली टोलीले अब काठमाडौंमा आयरल्याण्डसँग पनि टी–२० खेल्ने छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























