चितवन विशेष

चितवनमा मानव–वन्यजन्तु सहअस्तित्वसम्बन्धी पत्रकारका लागि दुई दिने कार्यशाला सुरु

Banner

चितवन, चैत १-

सौराहामा आजदेखि मानव वन्यजन्तु सहअस्तित्वसम्बन्धी दुई दिने कार्यशाला सुरु भएको छ ।

वन्यजन्तु संरक्षणका समाचार खोज्न र लेख्न सहज होस् भनेर पत्रकारको सहभागितामा कार्यशाला सुरु गरिएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले गरेको सो कार्यक्रम चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जापुनले उद्घाटन गरे । उद्घाटन शत्रमा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले मानव वन्यजन्तु बीचको द्वन्द्वले संरक्षणमा चुनौती थपिएको भन्दै यसको न्यूनीकरणको लागि समुदाय केन्द्रीत कार्यक्रम आवश्यक रहेको विचार राखे । उनले भने, ‘स्थानीय समुदायलाई संरक्षणमा प्रेरित गर्न नसकेसम्म अहिले सम्म भएका प्रयासले सार्थकता पाउँदैन ।’

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाकी प्रमुख रचना शाहले मानव वन्यन्तु सहअस्तित्व समाजमा स्थापित गर्न पत्रकारलाई सहज होस् भने कार्यशाला गरिएको बताइन् ।

कार्यशालाको पहिलो दिन रमेश भुसालले विकासक्रम र पर्याबरणीय अवस्था, अभय जोशीले वन्यजन्तुका समाचारको पहिचान र राष्ट्रिय प्रकृति संरक्षण कोषका राजन पौडेलले भालुका प्रजाति र संरक्षणमा भएका प्रयासहरुको बारेमा सहजीकरण गरेका थिए । कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुनले निकुञ्जमा भएको संरक्षणका प्रयास र उपलब्धीबारेमा जानकारी गराए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>