Breaking News

सुन तस्करीको प्रतिवेदन पढेपछि गृहमन्त्री लामिछाने एक्सनमा, प्रधानमन्त्रीसँग कुराकानी

०
Banner

काठमाडौँ, चैत १–

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले देशमा भइरहेको श्रृङ्खलाबद्ध सुन तस्करीबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ब्रिफिङ गरेका छन् ।

लामिछानेको सचिवालयका अनुसार सुन तस्करीको प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाहीको लागि प्रधानमन्त्रीसँग भेटेर कुराकानी गरेका हुन् ।

लगत्तै उनले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरलाई मन्त्रालयमा बोलाएर दोषीलाई कारबाहीबारे सोधपुछ गरेका छन् । सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले बिहीबार बिहान आफ्नो प्रतिवेदन बुझाएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानबाट छुटेकालाई कतिपयलाई मुद्दा चलाउन सिफारिस, कतिपय प्रहरीलाई विभागीय कारबाहीका लागि सुझाइएको छ । आयोगको ब्रिफिङपछि बुझेको प्रतिवेदन लामिछानेले अध्ययन गरेका थिए । अध्ययन गरेपछि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेर यसबारे ब्रिफिङ गरेका हुन् । आयोगले सीआईबीले बयान कागज गरेर छाडेका २१ जनालाई बयान गराएको थियो । थप १४ जनासँग पनि आयोगले सोधपुछ गरेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>