देश/प्रदेश

कार्यपालिका बैठकमा कुटपिट, प्रमुख प्रशासकीय अधिकृतको टाउकोमा लगाइयो तीन टाँका

Banner

कैलाली, चैत १-

डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको छ । बजेट संशोधन गर्नेसहित १३ एजेन्डामाथि छलफल गर्न डाँकिएको बैठकमा कुटपिट भएको हो ।

बैठकमा आक्रोशित भएका सदस्यहरूले हलमा भएका कुर्सी तोडफोड गर्दै अधिकृत कृष्णदेव जोशीमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक कुमार कार्कीले जानकारी दिए ।

घाइते प्रमुख प्रशासकीय अधिकृत जोशीको जोगबुढा अस्पतालमा उपचार भएको र उनको टाउकोमा तीनवटा टाँका लगाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area