चितवन विशेष
मेट्स इन्टरनेशनल एजुकेशन फेयर,विद्यार्थीको उल्लेख्य सहभागिता

चितवन,फागुन २९-
बिगत १५ वर्ष देखि निरन्तर रुपमा उच्च शिक्षा अध्ययनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको शहीदचोक, नारायणगढ स्थित मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेजले शैक्षिक मेला सम्पन्न गरेको छ। फाल्गुण २७ गते आइतबार मार्च १० तारिखका दिन मेट्स चितवन, नारायणगढ शाखामा आयोजित कार्यक्रममा ३१५ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो । युएसए, क्यानडा, युके, आयरल्याण्ड, अष्ट्रेलियाका बिभिन्न युनिभर्सिटी र कलेजका २० भन्दा बढी प्रतिनिधिहरु र बैंकका प्रतिनिधिहरु सङ्ग बिद्यार्थी तथा अभिभावकले आफूलाई लागेको जिज्ञासा मेटाएका थिए। वार्षिक शुल्क, छात्रबृत्ति, संकाय, सम्बन्धित देशका भिजा पोलिसी तथा शैशिक कर्जा लगायतका बिषयहरुमा बिद्यार्थीहरुले प्रश्न गरेका थिए । के कस्ता डकुमेन्ट तयार गर्नु पर्ने, शैक्षिक कर्जाका लागि आबश्यक पर्ने बिषय बस्तुका बारेमा बिद्यार्थीहरुले सो कार्यक्रममा शैक्षिक परामर्शदाता र बैंकका क्रेडिट अफिसरहरु संग परामर्श गरेका थिए ।
बिहान ११ बजे देखि अपरान्ह ५ बजे सम्म संचालन भएको सो शैक्षिक मेलामा अधिकांश जसो बिद्यार्थीहरुले युएसए, यूके, आयरल्याण्डमा उच्च शिक्षा अध्ययन गर्न जाने चाहना भएको बताए । बिद्यार्थीहरुसंगै अभिभावकहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रम चितवन मै अहिले सम्मको बृहत एवम उपलब्धिमूलक रहेको मेट्सले जनाएको छ । उच्च शिक्षाको लागि अग्रणी शैक्षिक परामर्श केन्द्र मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेजले यस अघि अष्ट्रेलिया,क्यानडा डे, एड्मिसन डे कार्यक्रमको आयोजना गरेको थियो ।


























