राजनीति

अब कसैले पनि चुनावअघि गठबन्धन गर्ने कल्पना गर्दैन: गगन थापा

Banner

काठमाडौं, फागुन २७-

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावअघि अब कसैले पनि गठबन्धन गर्ने कल्पना नगर्ने बताएका छन्। गोदावरी नगरपालिकाको स्थापना दिवसका अवसरमा आइतबार भएको कार्यक्रममा महामन्त्री थापाले चुनावअघि अब कसैले पनि गठबन्धन गर्ने कल्पना नगर्ने बताएका हुन् ।

पार्टीहरू मिलेर चुनावमा जाने र कसले कसलाई कतिबेला धोका दिने टुंगो नहुने देखिएकोले अब कसैले गठबन्धन नगर्ने उनको भनाइ थियो।

‘हामीले केही दिनअगाडि नेपालको राजनीतिमा अर्को एउटा ठूलो परिवर्तन देख्यौं। यसको अन्त्यमा के छ भन्ने कुरा खुल्दै जाला, उनले भने, ‘एउटा कुराचाहिँ मलाई खुसी लागेको छ। चुनावभन्दा अगाडि, पार्टीहरू (नेताहरू) मिलेर चुनावमा जाने परम्परा थियो त्यसले राजनीतिलाई भ्रष्ट, लोकतन्त्रलाई विकृत र भित्रभित्र खोक्रो बनाउँदै लगेको थियो। अब कसैले पनि चुनावअघि गठबन्धन गर्ने बारेमा कल्पना नै गर्दैन।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>