अर्थ

सात महिनामा ६० करोडको यार्सागुम्बा निर्यात

०
Banner

काठमाडौं, फागुन २६–

चालु आर्थिक वर्ष २०८०/०८१ को सात महिनामा ६० करोड रुपैयाँको यार्सागुम्बा निर्यात भएको छ ।

भन्सार विभागका अनुसार सात महिनामा ६० करोड ६१ लाख ८५ हजार रुपैयाँको एक हजार २४६ किलोग्राम यार्सागुम्बा निर्यात भएको हो ।

गत आर्थिक वर्ष ४४ करोड ३१ लाख ९१ लाख रुपैयाँको मात्रै यार्चागुम्बा निर्यात भएको थियो । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा ६८३ किलोग्राम यार्सागुम्बा मात्र निर्यात भएको हो ।

परिमाणका आधारमा गत आर्थिक वर्षभरिको तुलनामा चालु आर्थिक वर्षको सात महिनामै करिब दोब्बर बढी यार्सागुम्बा निर्यात भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>