राजनीति

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिदै

Banner

वीरगन्ज, फागुन २५-
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । केन्द्रमा समीकरण फेरबदल भएर कांग्रेस सरकारबाट बाहिरिइसक्दा पनि मधेश प्रदेश सरकारबाट बाहिरिने छनक नदेखाएपछि मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका हुन् ।

केन्द्रमा सत्ता समीकरण फेरबदल भएपछि मुख्यमन्त्री यादवले केन्द्रीय समीकरण अनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । जनता समाजवादी पार्टीका प्रवक्ता एवम् प्रदेश सांसद मनिष सुमनले नयाँ समीकरणमा आवद्ध दलहरूसँग भएको सहमति बमोजिम मधेश प्रदेश सरकार पुनर्गठन गर्न लागिएको जानकारी दिए ।
उनले प्रदेश सरकार १/२ दिनमा पुनर्गठन गर्न लागिएको जानकारी दिए ।

नयाँ समीकरण अनुसार मधेश प्रदेश सरकारलाई एमालेका २३, जसपाका १९, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ जनासहित ५८ जना प्रदेश सांसदहरूको समर्थन रहनेछ । सरकार निर्माण गर्न ५४ जना सांसदको समर्थन चाहिन्छ ।

मधेश प्रदेशमा सभामुखसहित १०७ जना सांसद छन् । प्रदेश सदनमा कांग्रेसका २२, जनमतका १३, लोसपाको ८, नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादीको एकरएक प्रदेश सांसद छन् भने एक स्वतन्त्र सांसद छन् । केन्द्रमा नयाँ समीकरण बनेसँगै मन्त्रीमण्डल विस्तारसमेत भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>