आर्थिक

उद्योगी-व्यवसायीलाई अर्थमन्त्री पुनको आग्रहः ढुक्क भएर लगानी गर्नुहोस्

०
Banner

काठमाडौं, फागुन २५-

अर्थमन्त्री वर्षमान पुनले उच्च मनोबलका साथ ढुक्क भएर लगानी गर्न उद्योगी-व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलसँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा कुरा गर्दै उनले उच्च मनोबलका साथ ढुक्क भएर लगानी गर्न उद्योगी-व्यवसायीलाई आग्रह गरेका हुन् ।

अर्थतन्त्रका विद्यमान समस्या समाधानका लागि निजी क्षेत्र, सरकार र आमजनताबीच सहकार्य जरुरी रहेकामा जोड दिँदै उनले नीतिगत र व्यवहारिक सहजीकरणका लागि सरकार तत्पर रहेको प्रतिबद्धता जनाए ।

धितोपत्र बजार, घरजग्गा कारोबार तथा सहकारीमा आएका समस्याका कारण निजी क्षेत्रका लगानीकर्ताको मनोबल गिरेको उल्लेख गर्दै पुनले समस्या समाधानका लागि सरकारका तर्फबाट कुनै कसर बाँकी नराखिने विश्वास दिलाए ।

‘उद्योगी–व्यवसायी र समग्र निजी क्षेत्रलाई निरुत्साहित हुन दिन्न । यो मेरो जिम्मेवारी हो’, पुनले भने, ‘सरकारले निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी नीतिगत व्यवस्था र व्यवहारिक सहजीकरण गर्छ । सरकार, निजी क्षेत्र र आमजनताको हातेमालोमा अर्थतन्त्रका समस्या समाधान भएर जान्छ भन्ने आत्मविश्वासका साथ १२ वर्षपछि दोश्रोपटक मन्त्रालयमा आएको छु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>