समाज

सिद्धि छात्रावासका विद्यार्थीलाई युवा मञ्चको पहलमा खाद्यान्न सहयोग

०
Banner

चितवन, फागुन २५–

कालिका नगरपालिका–१० स्थित सिद्धि छात्रावासका विद्यार्थीहरुलाई सामाजिक संस्था युवा मञ्चको पहलमा खाद्यान्न सहयोग गरिएको छ ।

विहिबार एक कार्यक्रमका बीच विभिन्न दाताहरुको सहयोगमा चामल, दाल, तेल, भुजा, नुन, चाउचाउ, तरकारी लगायतको करिब ६२ हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री युवा मञ्चले हस्तान्तरण गरेको हो ।

छात्राबासका प्रमुख भरत चेपाङले खाद्यान्नको अभावले विद्यार्थीहरु भोकै बस्नु पर्ने अवस्था सिर्जना भएको भन्दै सामाजिक संजालमार्फत सहयोगको अपिल गरेका थिए । खाद्यान्न प्रदान गरेर युवा मञ्चले विद्यार्थीहरुको पढ्ने र बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्न सघाएको उनले बताए ।

कार्यक्रमकी सभापति तुलसी भट्ट्ले आगामी दिनमा समेत सहयोग गर्ने बताउदै बालबालिकाको भबिष्य सुनिश्चित गर्न सबैको सहयोग आवश्यक भएको बताइन् । छात्रावासमा हाल विभिन्न स्थानमा घरभई बिपन्न, जोखिममा परेका र अभिभावक बिहिन गरी ५४ जना बालबालिका रहेका छ्न् ।

हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथीमा पत्रकार तथा सामाजिक अगुवा लक्ष्मण गौतम र बिशिष्ठ अतिथीमा सिद्दी छात्राबासका प्रमुख भरत चेपाङ तथा युवा मञ्चका विभिन्न पदाधिकारी सहभागी थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>