समाचार
जसपाबाट उपेन्द्र यादव स्वास्थ्य र साह वन मन्त्री बन्ने
०

काठमाडौँ, फागुन २४-
जनता समाजवादी पार्टी (जसपा)बाट नयाँ मन्त्रीमण्डलमा दुई जना मन्त्री सहभागी हुने भएका छन् । बिहीबार साँझ बसेको जसपाको कार्यकारिणी समिति बैठकले सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री पठाउने निर्णय गरेको हो ।
जसपाले पार्टीबाट अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साहलाई मन्त्री तथा राज्य मन्त्री दीपक कार्कीलाई पठाउने निर्णय गरेको छ । यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री र साह वन तथा वातावरण मन्त्री बन्ने भएका हुन् । यस्तै कार्की भने स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् । तर यसबारे अन्तिम निर्णय लिन जसपा कार्यकारिणी समितिको बैठक शुक्रबार पुनः बस्ने भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>




















