समाचार

वीरगन्जका मेयर राजेशमान विरुद्ध पर्सा प्रहरीमा उजुरी

०
Banner

वीरगन्ज, फागुन २४-
वीरगन्जका मेयर राजेशमान सिंहसहित तीन जनाविरुद्ध सरकारी कागजात किर्ते गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पर्साले फौजदारी अभियोगमा जाहेरी दर्ता गरेको छ।

झुटा विवरण पेश गरी एक किशोरीलाई वंशजको नागरिकता दिलाएको आरोपमा उनीविरुद्ध परेको जाहेरी प्रहरीले बिहीबार दर्ता गरेको हो।

गृह मन्त्रालयको नेतृत्व परिवर्तन हुने बित्तिकै पर्सा प्रहरीले महानगर प्रमुखविरुद्धको जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी कुमारविक्रम थापाले प्रमुख सिंहविरुद्ध लियाकत अलीले किर्ते सम्बन्धमा जाहेरी दिएको सुनाए।

वीरगन्ज महानगरपालिका वडा नम्बर ३ बाट २०७१ कात्तिक २० गते जन्म दर्ता बनाई रूविना श्रेष्ठको नागरिकता बनाएको भन्दै सिंहमाथि उजुरी परेको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>