राजनीति
म माथि कुनै दाग लागेनस् पूर्वमन्त्री किराँती
०

काठमाडौँ, फागुन २४-
पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफू बेदाग भएर मन्त्रालयबाट निस्किएको बताएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै पूर्वमन्त्री किराँतीले आफूमाथि कुनैपनि दाग नलागेको बताएका हुन्।
उनले आफू मन्त्रालयबाट बेदाग भएर खुसीसाथ निस्किएको सुनाए। ‘एक वर्षको अवधिमा धेरै काम गरेको छु। त्यसको परिणाम निस्किने बेला भएको छ।’ उनले भने। मन्त्रीको रुपमा रहँदा आफूमाथि कुनैपनि विवादमा नआए पनि विवादित भने बनाइएको उनको भनाइ थियो। प्रधानमन्त्रीलाई अनुभवी मन्त्रीहरुको आवश्यकता भएका कारण आफू नयाँ मन्त्रीमण्डलमा समावेश हुन नसकेको उनले जनाए। पूर्वमन्त्री किराँतीले सरकारले विश्वासको मत पाउने पनि बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























