राजनीति

‘मुलुकका समस्या र चुनौतीलाई सम्बोधन गर्न दलहरु गम्भीर हुनुपर्ने’

Banner

काठमाडौँ, फागुन २३-

जनता समाजवादी पार्टी नेपालका सांसद प्रकाश अधिकारीले मुलुकको समस्या र चुनौतीलाई सम्बोधन गर्न दलहरु गम्भीर हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले अर्थतन्त्र, सामाजिक न्याय, दैनिक जनजीवनमा देखिएका चुनौतीलाई सामना गर्न सबै दल एकताबद्ध हुनुपर्ने बताउनुभयो ।

“सबैको सकारात्मक र रचनात्मक सहयोग भए मात्रै मुलुकमा विद्यमान चुनौती समाधान गर्न सकिन्छ”, सांसद अधिकारीले भन्नुभयो, “सरकारमा हुँदा वा प्रतिक्षमा हुँदा जनतालाई केन्द्रमा राख्नुपर्छ, विद्यमान राजनीतिक अस्थिरतालाई समाधान गरेर अघि बढ्नुपर्छ ।”

नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का सांसद मेटमणि चौधरीले मुलुकलाई राजनीतिक स्थायित्व दिन दलहरु एकजुट हुनुपर्ने बताउनुभयो । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले आफ्नो पार्टी प्रतिपक्षमा रहेपनि रचनात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले मिटरव्याज पीडित, लघुवित्त पीडित तथा किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारमा रहे मात्रै संविधानको रक्षा र गणतन्त्रको सुदृढीकरण हुने ठान्नु तथा सरकारबाट बाहिर बस्नु परे अस्थिरता र अन्योल देख्नु गलत भएको टिप्पणी गर्नुभयो । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले स्वार्थ बाझिएका व्यक्तिलाई सम्बन्धित मन्त्रालयको जिम्मेवारी दिँदा जनताले न्याय नपाउने बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>