देश/प्रदेश

सिंहदरबारमा चलहपहल घट्यो, संसद्को कार्यसूची प्रभावित

Banner

काठमाडौँ, फागुन २३-

सत्ता गठबन्धनमा हेरफेर भई मन्त्रिमण्डल विस्तार जारी रहेकाले चलिरहँदा मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चहलपहल कम भएको छ ।

राजनीतिक भेटघाट र वार्ता प्रधानमन्त्री निवास बालुवाटार, विभिन्न पार्टीका कार्यालय र शीर्षनेताका निवासमा बढेपछि सिंहदरबारमा प्रायः लाग्ने भीडभाड पातलिएको छ । अन्य समयमा सिंहदरबार छिर्ने ढोकामा कार्यालय आउने र जाने समयमा प्रवेश पास जाँच गर्न सुरक्षाकर्मीलाई भ्याइनभ्याइ हुने गरेकामा त्यो भिड अहिले कम भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा विभागीयमन्त्री नहुँदा भेटघाट तथा नीतिगत निर्णय नहुने भएकाले चहलपहल कम भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले राजनीतिक हेरफेर र विभागीयमन्त्री नभएका कारण नीतिगत निर्णयहरु हाल नभएको बताउनुभयो ।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही फागुन २१ गते नेपाली कांग्रेससमेतको गठबन्धन तोडेर नेकपा ९एमाले०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) , जनता समाजवादी पार्टी (जसपा) सँग सहयात्रा आरम्भ गरेपछि गर्नुभयो । नयाँ गठबन्धन निर्माण भएसँगै तीन पार्टीका तर्फबाट तीन मन्त्री नियुक्त भए पनि मन्त्रालयको कार्यभार तोकिएको छैन ।

संसदको कार्यसूची प्रभावित

सत्ता गठबन्धनमा हेरफेरसँगै सङ्घीय संसद्का कार्यतालिका पनि प्रभावित भएका छन् । यही फागुन २१ गतेको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगन भई यही फागुन २४ गते बिहीबारका लागि निर्धारण गरिएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बिहीबारको बैठकका विषयमा सम्बन्धित पक्षसँग छलफल भइरहेको बताउनुभयो । विभागीयमन्त्री नहुँदा अहिले संसदीय समितिका बैठक पनि प्रभावित भएका छन् । सार्वजनिक लेखा समितिको उपसमितिको बैठक भने बसिरहेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>