राजनीति

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच भेटवार्ता

Banner

काठमाडौं, फागुन २३-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेकपा एसका सम्मानित नेता झलनाथ खनालले भेटवार्ता गरेका छन् ।
कोटेश्वर निवासमा माधवकुमार नेपालसँग कांग्रेस सभापति शेरबहादुर देउवाको भेटवार्ताबीच बालुवाटारमा प्रचण्ड-झलनाथबिच भेटवार्ता गरेका हुन् ।

भेटमा प्रचण्डले नयाँ गठबन्धनमा आएर सरकारमा सहभागी हुन आग्रह गरेको खनालले बताए । प्रचण्डको भनाइ उद्धृत गर्दै खनालले भने, ‘के(के मा सहमति गरेर जान पर्छ गरौंला । हामी मिलेर अघि बढ्नुपर्ने अवस्था छ ।’

खनालले हिजोमात्र नयाँ गठबन्धनबाट औपचारिक प्रस्ताव आए सरकारमा जान सकिने बताएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>