देश/प्रदेश

सुनको मूल्य आजपनि ऐतिहासिक रेकर्ड राख्न सफल

Banner

काठमाडौं, फागुन २३-

आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो।

हिजो (मंगलबार) उच्च रेकर्ड कायम गरेर प्रतितोला एक लाख २३ हजार रूपैयाँमा कारोबार भएको सुनले आजपनि रेकर्ड कायम गर्दै प्रतितोला एक लाख २३ हजार पाँच सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा पाँच सय रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २३ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २२ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>