अन्तर्राष्ट्रिय

उच्च तहका रुसी कमाण्डरविरुद्ध पक्राउ पुर्जी जारी

Banner

काठमाण्डौ, फागुन २३–

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले युक्रेनमा युद्ध अपराध गरेको आरोपमा उच्च तहका रुसी कमाण्डरहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।आईसीसीले सेनाका उच्च अधिकारी सर्गेई कोबिलाश र नौसेनाका उच्च अधिकारी भिक्टर सोकोलोभलाई पक्राउ पुर्जी जारी गरेको बीबीसीले जनाएको छ ।

उनीहरुलाई २०२२ अक्टोबर र मार्च २०२३ को बीचमा युक्रेनको एक विद्युतीय पूर्वाधारमा उनीहरुको नेतृत्वमा रहेको सेनाको टोलीले मिसाइल आक्रमण गरेको आरोप लगाइएको खबरमा उल्लेख छ । युक्रेन युद्धसँग सम्बन्धित रूसी अधिकारीहरूको लागि यो दोस्रो चरणको पक्राउ पुर्जी जारी भएको हो।

यसअघि युक्रेनमा युद्ध अपराध गरेको आरोपमा राष्ट्रपति भ्लादिमिर पुटिन र उनका बालअधिकार दूतका लागि पक्राउ पुर्जी जारी गरिएको थियो । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>