Breaking News

चितवनको विद्यालय होस्टेलमा मृत फेला परेकी छात्राको आर्यघाटमा अन्त्येष्टि

Banner

चितवन, फागुन २२-

चितवनको विद्यालय होस्टेलमा मृत भेटिएकी छात्रा शालिन पोखरेलको आज पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ ।

मृतकको पिताले छोरीको पार्थिव शरीरमा दाग बत्ती दिएका हुन् ।

आर्यघाटमा उपस्थित आफन्तले शालिनको मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै न्यायका लागि माग गरेका थिए । काठमाडौँको टिचिङ अस्पतालमा भएको पोष्टमार्टमा उनले आत्महत्या गरेको प्रमाणित भएको थियो ।

रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल फागुन १२ मा मृत फेला परेकी थिइन् । उनको हत्या भएको किटानी जाहेरीको आधारमा प्रहरीले स्कुलका प्रिन्सिपल बालहरि देवकोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टलको वार्डेन कमलशर्मा पौडेललाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । अदालतले सोमबार थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

घटनास्थलमा शालिनले छाडेको सुसाइड नोट भेटिएको थियो । सुसाइड नोटमा उनले लेखेकी थिइन्, ‘मलाई सबैले माया गर्नु है ।’ अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार नोटमा उनले थप लेखेकी थिइन्–‘सरी एभ्रिबडी, सरी ममी ड्याड ।’ गोरखाको अजिरकोट गाउँपालिका–५ मुच्चोक घर भएकी शालिन पछिल्लो समय रत्ननगर नगरपालिका–१५ स्थित माधवपुरमा बस्थिन् । शालिन दुई वर्षदेखि सो होस्टलमा बसेर ८ कक्षामा पढ्थिन् ।

 

 

 

 

फोटो: कृष्ण खड्का, रातोपाटी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>