चितवन विशेष

भरतपुरको नौरङ्गे टोल भ्रमण वर्ष उद्घाटन र्‍यालीमा पहिलो, पायो एक लाख बराबरको सामग्री

Banner

चितवन, फागुन २२-

भरतपुर–१२ नं वडाको अन्तर टोल र्‍यालीमा नौरङ्गे टोल विकास संस्था तथा आमा समूह पहिलो भएको छ ।

नारायणी किनारमा फागुन १८ मा भएको  भरतपुर भ्रमण वर्षको समुदघाटन समारोहमा सहभागी वडाका र्‍यालीमध्ये कला, संस्कृति, भेषभुषा र जनसहभागिताको आधारमा सो  र्‍याली पहिलो भएको हो ।

त्यस्तै सृजनशील टोल विकास संस्था तथा आमा समूहले दोस्रो स्थान, आस्था टोल विकास संस्था तथा आमा समूहले तेस्रो स्थान र कालिका टोल विकास संस्था तथा आमा समूहले सान्त्वना स्थान प्राप्त गरेका छन् । १२ नम्बर वडाले गठन गरेको मूल्यांकन समितिले २२ वटा  टोलबाट उत्कृष्ट र्‍यालीलाई पुरस्कृत गरेको वडा अध्यक्ष लेखराज पन्त ‘हरि’ले नारायणी अनलाइनलाई बताए ।

 

पहिलो हुने टोललाई एक लाख रुपैयाँ बराबरको सामग्री, दोस्रोलाई  ७५ हजार, तेस्रोलाई  ५० हजार र सान्त्वनालाई  २५ हजार रुपैयाँ बराबरको फर्निचरलगायतका सामग्री र प्रमाणपत्र हस्तान्तरण गरिएको उनले जानकारी दिए ।

भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहमा १२ नं वडाको तर्फबाट ८ हजार ९३३ जनाको सहभागिता रहेको  वडाका अध्यक्ष  पन्तले बताए । १२ नं वडाको २२ वटै टोलबाट व्यापक र उत्साहजनक सहभागिता रहेको र यसले आफूलाई हौसला प्रदान भएको पन्तले बताए । त्यस्तै पुरस्कार बितरण कार्यक्रममा भरतपुर महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत  उपेन्द्रराज पौडेलले १२ नं वडाबाट व्यापक सहभागिता रहेको र वडाले र्‍यालीको आयोजना गरी अनुकरणीय काम गरेको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>