खेलकुद
कुशलले लिए एकै ओभरमा दुई विकेट
०

काठमाडौं, फागुन २२-
कुशल मल्लले एकै ओभरमा नेदरल्याण्ड्सका दुई विकेट लिएका छन् । टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जित्न १८५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले नवौं ओभरमा २ विकेट गुमाएको हो ।
नवौं ओभरमा बलिङमा आएका उनले पहिलो बलमा नै म्याक्स ओडाउडलाई दीपेन्द्र सिंह ऐरीको हातबाट क्याच गराए । ओडाउड व्यक्तिगत २३ रनमा आउट भएका हुन् ।
त्यसपछि पाँचौ बलमा माइकल लेभिटलाई कप्तान रोहित पौडेलको हातबाट क्याच गराए । लेभिट आउट हुँदा नेदरल्याण्ड्सको स्कोर ८४ रन छ । लेभिटले २९ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाएका थिए ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























