राजनीति
सुदूरपश्चिममा माओवादीका दुई मन्त्री र एक राज्यमन्त्री बर्खास्त
०

कैलाली, फागुन २२-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बोनेका शाहले माओवादीका दुई मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् ।
माओवादीका सामाजिक विकासमन्त्री झपट साउद र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र राज्यमन्त्री गीता माललाई मुख्यमन्त्री शाहले हटाएका हुन् । शाहले रिक्त दुई मन्त्रालय आफैँसँग राखेका छन् ।