राजनीति
दुई मन्त्रीलाई हटाएपछि मुख्यमन्त्रीले भनेः प्रधानमन्त्रीज्यूले जे जे सिकाउनुहुन्छ, मैले त्यही गर्दै हिँडेको हो
०

पोखरा, फागुन २२-
गण्डकीमा कांग्रेसबाट मुख्यमन्त्री बनेको सुरेन्द्रराज पाण्डेले नेकपा (माओवादी केन्द्र)का दुई मन्त्रीलाई हटाएका छन् ।
मुख्यमन्त्री पाण्डे भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रेसम जुग्जाली र सामाजिक विकास मन्त्री सुशीला सिम्खडालाई हटाएका हुन् । मुख्यमन्त्री पाण्डेले केन्द्रमा जे भयो त्यही अनुसार नै आफूले निर्णय गरेको बताएका छन् ।
‘गण्डकी सरकारमा दुई वटा पार्टी सरकारमा थिए । माओवादीका मन्त्रीलाई हटाएका हौँ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘माथि जे भएको यहाँ पनि त्यति गरेको हो । प्रचण्डले परिवर्तन गर्नुभयो, यहाँ मुख्यमन्त्रीले परिवर्तन गर्नुभयो ।’
माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले माओवादीका मन्त्रीलाई हटाएर सरकारले समर्थन फिर्ता लिन बाध्य बनाएको बताए
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























