राजनीति
नेकपा एसले बोलायो सचिवालय बैठक
०

काठमाडौं, फागुन २२-
नेकपा एकीकृत समाजवादीले नयाँ समीकरण बनेपछि थप छलफलको लागि सचिवालयको बैठक बोलाएको छ ।
उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठक बुधवार बिहान ११ बजेको लागि बोलाइएको हो ।
उपमहासचिव खतिवडाले भने, ‘परिस्थिति फेरिएपछि हामीले हिजो पनि छलफल गरेको थियौँ। अब भोलिका लागि बैठक राखिएको छ। थप छलफल हुँदैछ। हामीले अहिलेसम्म कुनै निर्णय गरेका छैनौँ।’
सोमबार बसेको बैठकले प्रधानमन्त्रीले लिएका उद्देश्य, निर्णय र प्रक्रिया सार्वजनिक भएपछि मात्रै आफ्नो दृष्टिकोण तय गर्ने निर्णय गरेको थियो।
प्रधानमन्त्री प्रचण्डले अध्यक्ष माधव नेपाललाई निवासमै पुगेर सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए, भने एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि फोन संवाद गरेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























