राजनीति
कांग्रेसको फेसबुक पेज ह्याकरको कब्जामा
०
काठमाडौं, फागुन २२-
नेपाली कांग्रेसको आधिकारिक फेसबुक पेज ह्याक भएको छ । कांग्रेसको फेसबुक पेजको ग्रुपहरुमा आज विहानदेखि अश्लिल भिडिओ अपलोड भइरहेका छन् ।
कांग्रेसको फेसबुक पेजको ग्रुपमा समेत अश्लिल भिडिओहरु अपलोड भइरहेका छन् । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले फेसबुक पेज ह्याक भएको बताए ।
उनका अनुसार गोदावरीमा सम्पन्न महासमिति बैठकको दोस्रो दिनदेखि नै फेसबुक पेज ह्याक भएको थियो । यसबारेमा फेसबुकलाई पार्टीले आधिकारिक पत्र लेखेर पठाए पनि जवाफ नआएको विश्वकर्माले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























