Breaking News

नयाँ गठबन्धनका तीन मन्त्रीले लिए सपथ

Banner

काठमाडौं, फागुन २१–

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससहितको गठबन्धन एकाएक बदलेर एमालेसहितको नयाँ गठबन्धन बनाएपछि आजैबाट नयाँ सरकार गठन भएको छ ।

नयाँ गठबन्धन दलहरूबाट तीन जना मन्त्रीले शपथ लिएका छन्। नेकपा (एमाले) बाट पदम गिरी, नेकपा (माओवादी केन्द्र) बाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद अर्याल (डिपी) ले शपथ लिएका हुन्। नवनियुक्त मन्त्रीहरूलाई आज (सोमबार) अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन्।

उनीहरूलाई बिनाविभागीय मन्त्री नियुक्त गरिएको हो। नवनियुक्त मन्त्रीहरूले कुन मन्त्रालय सम्हाल्ने भन्ने तय भइसकेको छैन।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>