अपराध

चितवनमा दुई किलो ३० ग्राम लागुऔषधसहित एक जना पक्राउ

Banner

चितवन, फागुन २१–

चितवनमा दुई किलो ३० ग्राम लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले लागुऔषध र दुई लाख १६ हजार ५०० रुपैयाँसहित कालिकोटका ४० वर्षीय केशब बमलाई भरतपुर–१० चौबिसकोठीबाट आइतबार साँझ पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनको अनुसार चौबिसकोठीको पूर्व पश्चिम लोकमार्ग सडकखण्डमा सार्वजनिक सवारीबाट ओर्लिई शंकास्पद रुपमा पैदल हिँडिरहेको अवस्थामा बमलाई प्रहरीले पक्राउ गरेको छ ।

त्यसैगरी चितवन प्रहरीले आज पत्रकार सम्मेलन गरी ३२ थान हराएका मोबाइलहरू फेला पारी सम्बन्धित धनीलाई बुझाइएको जनाएको छ । चितवनलगायत काठमाण्डौ, पर्सा, बारा, नवलपरासी, कास्की, रुपन्देही, महोत्तरीलगायतका जिल्लामा अन्य व्यक्तिले चलाइरहेको अवस्थामा विभिन्न कम्पनीका मोबाइलहरु फेला पारी आज मोबाइल धनीलाई बुझाइएको प्रहरीले पत्रकार सम्मेलनमा जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>