खेलकुद
नेपाल र क्यानडा सिरिजको टिकट बेचेको आरोपमा दुई जना प्रकाउ
०

काठमाडौं, फागुन २१-
क्रिकेट सिरिजको टिकट बेचेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर २ आलापोट बस्ने २२ वर्षीय आशिष खड्का र ललितपुर महानगरपालिका-२ सानेपा डेरा बस्ने ३३ वर्षीय दिपेन्द्रकुमार योञ्जन लामालाई प्रकाउ गरेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) सँग टिकट बिक्रीका लागि दुई वर्ष सम्मको करार सम्झौता गर्दै आएको भन्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका नविन श्रेष्ठले दुई जनाविरूद्ध प्रहरी वृत्त कीर्तिपुरमा जाहेरी परेपछि उनीहरुलाई प्रकाउ परेका हुन् ।
माघ २५ गतेदेखि २९ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको नेपाल र क्यानडाबीचको सिरिजको टिकट उनीहरुले बेचेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























