देश/प्रदेश

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको सपथ

Banner

काठमाडौँ, फागुन २१-

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा सङ्घीय संसद् सचिवालयद्वारा आज आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मिला अर्यालले उहाँहरुलाई सपथ गराउनुभएको हो ।

सो अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यलाई सभाको प्रतिक चिन्ह लगाइदिनुभयो भने सचिवालयका कर्मचारीले अध्ययन सामग्री वितरण गर्नुभयो । सभामा यही फागुन २० गतेदेखि कार्यकाल सकिने १९ पदका लागि गत माघ ११ गते निर्वाचन भएको थियो । समारोहमा उपप्रधानमन्धी एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थिति थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>