राजनीति

बालुवाटारबाट बाहिरिए रेशम चौधरी भने- सुदूरपश्चिम मुख्यमन्त्रीमा हाम्रो दाबी

Banner

काठमाडौँ, फागुन २१-

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकबाट बाहिरिँदै नागरिक उन्मुक्ति, पार्टीका अध्यक्ष रेशम चौधरीले सुदूरपश्चिमको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहेको बताएका छन् ।

एमालेसहित बनेको नयाँ गठबन्धनको बैठकमा सहभागी भएर बाहिरिएका चौधरीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहेको बताएका हुन् ।

चौधरीले सुदूरपश्चिममा मुख्यमन्त्री जसरी पनि लिने विषय भएको बताएका छन् । ‘सुदूरमा हामी निर्णायक छौं, हाम्रो पार्टी नै थारु विद्रोहबाट जन्मेको हो, त्यसैले उसको बाहुल्य क्षेत्रमा नेतृत्व दिएर जानुपर्छ, यसमा हामीले दाबी गर्ने होइन जसरी पनि पाउनुपर्छ । अरु ठाउँमा त्यहीअनुसारको सहभागिता हुनुपर्ने छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>