देश/प्रदेश

अख्तियारको पत्रपछि भ्रष्टाचारमा मुछिएका नगर उपप्रमुख शाह निलम्बन

Banner

धनगढी, फागुन २१-

सार्वजनिक जग्गा घोटलामा मुछिएका कैलालीको टीकापुर नगरपालिकाका उपप्रमुख निलम्बनमा परेका छन्।

टीकापुर जग्गा घोटाला काण्डमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उपप्रमुख खडकबहादुर शाहलाई निलम्बन गर्न नगरपालिकाको कार्यालयमा पत्र पठाएपछि उनी निलम्बनमा परेका हुन्। सो पत्र प्राप्तपछि नगरकार्यपालिकाको बैठक बसेर फागुन १८ गते उपप्रमुख शाहलाई निलम्बन गरेको नगरप्रमुख डगौरा थारूले जानकारी दिए।

अख्तियारले यसअघि नै टीकापुर बजार क्षेत्रको ६ बिगाहा १८ कट्ठा १० धुर सरकारी जग्गा नक्कली कागजात खडा गरी व्यक्ति विशेषको नाममा हकहस्तान्तरण गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>