देश/प्रदेश
रास्वपा सभापति लामिछानेकै नेतृत्वमा सरकारमा जाने,गृहमन्त्रालय लिने सम्भावना
०

काठमाडौँ, फागुन २१-
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ । आज बिहान बसेको रास्वपा सचिवालयको बैठकले सभापतिकै नेतृत्वमा सरकारमा जाने अनौपचारिक निर्णय गरेको हो । रास्वपा सचिवालयका एक नेताका अनुसार अर्थ मन्त्रालय पाए उपसभापति स्वर्णिम वाग्लेलाई नै सरकारमा पठाउने कि भन्ने छलफल भएको थियो ।
तर उपप्रधानसहित गृर्ह मन्त्रालय पाउने अनौपचारिक छलफल मध्यरातमा नेकपा एमाले, माओवादी, रास्वपा र जसपाको छलफलमा भएपछि सभापति नै नेतृत्वमा जाने कुरा भएको बैठकमा उपस्थित एक नेताले बताए । ती नेताले भने, ‘कुनै राजनीतिक परिवर्तन नभए सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने पार्टीको सहमति छ ।’ आज बिहान बसेको पार्टीको बैठकले यसको निर्णय गर्ने अधिकार सभापति लामिछानेलाई दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























