राजनीति

कांग्रेस-एकीकृत समाजवादी प्रदेश सरकारबाट बाहिरिने

Banner

काठमाडौ,फागुन २१-

केन्द्रमा गठबन्धन फेरिने करिब निश्चित भएसँगै प्रदेश सरकारहरूबाट नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी बाहिरिने भएका छन्। आइतबारदेखि बढेको राजनीतिक सरगर्मीका कारण प्रधानमन्त्रीमा माओवादीका पुष्पकमल दाहाल ‘प्रचण्ड’ यथावत् रहेर कांग्रेस समाजवादी बाहिरिँदा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सत्तामा जाने भएका छन्।

त्यससँगै प्रदेश सरकारहरूबाट कांग्रेस ‘आउट’ हुने भएको छ। कांग्रेसबाट तीनवटा प्रदेशमा मुख्यमन्त्री छन्। कोशी प्रदेशमा केदार कार्की, गण्डकीमा सुरेन्द्र पाण्डे र लुम्बिनी प्रदेशमा डिल्ली चौधरी कांग्रेसबाट मुख्यमन्त्री छन्। कांग्रेससहितको गठबन्धन जोगाउन र नयाँ बनाउन दलहरू सोमबार बिहानैदेखि आन्तरिक र बाह्य छ्लफलमा छन्। गठबन्धन जोगाउन कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् भने एमालेको सचिवालयको बैठक अध्यक्ष केपी ओली निवासमा बसेको थियो।

माओवादी रास्वपासहितका दलहरू पनि आन्तरिक छ्लफलमा छन्। कुनै आकस्मिक घटनाक्रम अघि नबढेमा सोमबार साझसम्म कांग्रेस र समाजवादी सबै सरकारबाट बाहिरिने छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>