राजनीति
रेशम चौधरीले भनेः गठबन्धन भत्कने पक्का, नयाँ समीकरण शुरू भयो
०

काठमाडौं, फागुन २१-
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले वर्तमान गठबन्धन भत्किने पक्का भएको बताएका छन् । गठबन्धनमै रहेका नागरिक उन्मुक्तिका अध्यक्ष चौधरीले सोमबार बिहानै फेसबुकमार्फत् प्रतिक्रिया दिँदै राजनैतिक नयाँ समीकरण बन्न लागेको बताएका छन् । गठबन्धन भत्कने पक्का । राजनैनिक नयाँ समीकरण शुरू,उनले लेखेका छन् ।
नागरिक उन्मुक्ति पनि सरकारमा छ । पार्टीकी नेतृ रन्जिता चौधरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छिन् । यसअघी आइतबार साँझ सत्ताको नेतृत्व गरिरहेको माओवादीसहित एमाले र रास्वपालगायत दलहरूबीच नयाँ गठबन्धन बनाउने सहमति भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























