राजनीति
प्रधानमन्त्रीले आज संसदमा जवाफ दिने
०

काठमाडौं, फागुन २१–
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्री कार्यालयका सचिव गणेशप्रसाद पाण्डेयले संसद् सचिवालयलाई पत्र पठाएर सम्बोधनबारे जानकारी दिएका छन्।
प्रतिपक्षी दलले बालकुमारी घटनाको प्रतिवेदन, सहकारी/लघुवित्त/मिटरब्याजपीडितका समस्या र दुग्ध उत्पादक लगायतको आन्दोलनका विषयमा सरकारको जवाफ मागेर सदनमा अवरोध गरिरहेका छन्।
सभामुख देवराज घिमिरेको पटकपटकको रुलिङपछि प्रधानमन्त्रीले सांसदले उठाएको प्रश्नको जवाफ दिन लागेका हुन् ।
प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























