राजनीति
रास्वपाको सचिवालय बैठक जारी
०

काठमाडौं, फागुन २१-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक जारी छ। आइतबार बिहानैदेखि पार्टी सचिवालयको बैठक जारी रहेको उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले जानकारी दिए। संक्रमणकालीन न्यायमा दलहरू लचिलो भएसँगै राजनीतिक घटनाक्रमले तीव्रता लिएको छ।
अहिले बिहान प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित निवासमा बसिरहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विकसित पछिल्लो राजनीतिक घटनाक्रम र संक्रमणकालीन न्यायबारे छलफल गर्न बैठक बोलाएको हो।
यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का बालुवाटार पुगेका छन्। उनीहरू बालुवाटार पुगे पनि गठबन्धन बैठक भने बस्ने, नबस्ने टुंगो नलागेको एक नेताले बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























