राजनीति

एमाले सचिवालय बैठक बालकोटमा जारी

Banner

काठमाडौं, फागुन २१-

नेकपा (एमाले) को सचिवालय बैठक बसिरहेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसिरहेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। उनका अनुसार बैठक अहिले बिहान ७ बजेदेखि सुरू भएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच आइतबार अबेर रातिसम्म छलफल भएको थियो। चार दलबीच संक्रमणकालीन न्याय, राष्ट्रिय सभाको अध्यक्षलगायतका विषयमा छलफल भएको बुझिएको छ। त्यही छलफलमा भएको कुराकानी जानकारी गराउन अध्यक्ष ओलीले सचिवालयको बैठक डाकेको नेताहरूले बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>