खेलकुद
नेदरल्यान्ड्स र नामिबियाबीचको खेल वर्षाको कारण रोकियो
०

काठमाडौं, फागुन २०-
त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको खेल वर्षाको कारण रोकिएको छ । लिगको अन्तिम खेलमा टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको नामिबियाले १५ ओभरमा ४ विकेट गुमाउँदै ९८ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको छ ।
अहिले मेघ गर्जनसहित वर्षा भएको छ । मैदानमा कभर ढाकिएको छ । दुबै टोलीका खेलाडी पभेलिएन आएका छन् । भारी वर्षा हुँदा खेल प्रभावित हुने देखन्छि । खेल रद्द भएको खेलमा नेदरल्यान्ड्स फाइनलमा पुग्नेछ । नेदरल्यान्ड्स सामान्य अन्तरले पराजित हुँदा पनि नेटरनरेटमा माथि रहँदै फाइनलमा पुग्नेछ ।
नामिबिया फाइनलमा पुग्न विशाल जित निकाल्नुपर्ने हुन्छ । नेपाल भने २ मा जित र २ मा हारसहित ४ अंकका साथ फाइनलमा पुगि सकेको छ । फाइनल मंगलबार हुनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























